फेरि मन्त्रालय टुक्र्याएर ‘भागबन्डा’ मिलाइँदै ! कुन–कुन मन्त्रालय ‘फुट्दै’ ?

 

सत्तासाझेदार दलहरूबीच भागबन्डा मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

कृषि विकास, पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई ‘फुलमन्त्री’ बनाएर ल्याउन लागिएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.