‘फरार अभियुक्त’ पनि अब ‘राज्यमन्त्री’ !

 

तीन वटा हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश– २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष राष्ट्रिय जनता पार्टी (राजपा) ले सिफारिस गरेको छ ।

उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सोमबार सिफारिस गरेका हुन् । मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटोमै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्ना पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।

अभिराम शर्मा महोत्तरी– ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । ‘फरार रहेको’ भन्दै प्रहरीले उनलाई हालसम्म पक्राउ नगरेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.