प्रिमियर लिगमा ६ खेल ११ गोल, यस्तो छ नतिजा

इंगलिश प्रिमियर लिग फुटबलको शनिबार राति भएका ६ खेलमा ११ गोलमात्र भएको छ । कार्डिफ सिटिले घरेलु मैदानमा ब्राइटन एन्ड होभ आल्बियनलाई २–१ ले हरायो । खेलमा ब्राइटनले डन्कको गोलबाट अग्रता लिए पनि पाटरसन र बाम्बाको गोलबाट कार्डिफले खेल जित्यो ।

ब्राइटनका स्टेफेन्सले रातो कार्ड खाएका थिए । हडर्सफिल्ड र वेष्टह्यामले १–१ को बराबरी खेले । हडर्सलाई एलेक्स र वेष्टह्यामका लागि फिलिप्पे एन्डरसनले गोल गरे । लेस्टर सिटी र बर्नलेले गोलरहित बराबरी खेले ।

न्यूकासल युनाइटेडले एएफसी बर्नमाउथलाई २–१ ले हरायो । न्यूकासलका लागि सालोमोन रोन्डोनले दुवै गोल गरे । जेफरसन लेर्माले सान्वना गोल फर्काए ।

साउथह्याम्पटन र वाटफोर्डले १–१ को बराबरी खेले । गाब्बियाडिनीले साउथह्याम्पटनका लागि तथा होलेबासले वाटफोर्डका लागि गोल गरे । टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हरायो । हुँवा फोइथले निर्णायक गोल गरे ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.