प्रधानमन्त्री केपी ओलीलाई कुर्सी छाड्न प्रदीप पौडेलले दिए यस्तो सुझाव

कांग्रेस नेता प्रदीप पौडेलले राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई कुर्सी छाड्न सुझाब दिएका छन् ।पश्चिम रुकुमको आठबिसकोटमा लोकेन्द्र बटालाको २०औँ स्मृतिसभामा पौडेलले सरकार नेतृत्व गर्ने क्षमता प्रधानमन्त्री केपी ओलीसँग नभएको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सरकारले जनतामा निराशा थपेको आरोप लगाउँदै उनले जन अपेक्षामा धोका भइरहेको जिकिर गरे । ‘ओली नेतृत्वको सरकारले एउटा पनि नयाँ काम गर्न सकेको छैन ।

जनता उल्टै निराश छन् । परिवर्तनका मुद्दा र विषयप्रति जनतामा निराशा आउनुको कारण प्रधानमन्त्री हुनुहुन्छ,’ पौडेलले भने, ‘तपाईंले काम गर्न सक्नुभएन । राम्रो काम गर्नेलाई छाडिदिनुस् ।’

जनयुद्धमा रुकुमको योगदान ठूलो भए पनि माओवादीले बोकेको लक्ष्यलाई नेताहरूले प्रतिबद्धतामै सीमित गरेको पौडेलको भनाइ थियो ।

‘यो जिल्लाले जनयुद्धमा धेरै ठूलो योगदान ग-यो । जुन लक्ष्यले मानिस जनयुद्धमा लागे के त्यो लक्ष्य आज पूरा भयो त ?’ पौडेलले प्रश्न गरे, ‘एमालेमा माओवादी विलय भएपछि के परिवर्तन ल्यायो रु बुर्जुवा शिक्षामा के परिवर्तन भयो ?’

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.