प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । सोमबार पार्टीमा आवद्ध नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताप्रति जवाफदेही हुन पनि सचेत गराएका हुन् ।

कार्यक्रममा बोल्दै उनले निरंकुश हुन नदिन आफूहरुले सरकार विरोधी आन्दोलन सुरु गर्नु परेको पनि स्पष्ट पारे । वरिष्ठ नेता पौडेलले जनताको विरोधको आवाजमाथि जब्बर्जस्ती प्रतिबन्ध गराउने कोसिस भइरहे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।

गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन् हुनेगरी कर बढाएको, काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र ताकेको, महंगी नियन्त्रण नगरेकाले सरकारविरुद्ध आन्दोलन गर्नु परेको वरिष्ठ नेता पौडेलको भनाई छ ।

वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरुले खवरदारी गरिरहेको दावी गरे । लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैह्य नहुने पौडेलको चेतावनी थियो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.