प्रधानमन्त्री ओलीको अतिगोप्य डायरी लिक हुँदा भेटियो हटाउन तयारी मन्त्रीहरुको नाम को को परे ?

केपी शर्मा ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना बढ्दै गएको छ । सरकारले देशमा विभिन्न किसिमका घटनालाई निरुत्साहित गर्नुको साटो मन्त्रीहरु अयोग्य रहेको भन्दै ओलीले मन्त्रीहरुको लिस्ट तयार पारेका छन् ।

ओलीले असक्षम मन्त्रीहरुको सुचि तयार पारिरहेको स्रोतले जनाएको छ । केहि दिन देखि ओलीले मन्त्रीहरु हटाउन लागेको भन्दै व्यापक चर्चा चलेको थियो । तर, यो हल्ला निराधार भएको भन्दे गृहमन्त्री बादल र प्रधानमन्त्री ओली आफैले स्पष्टिकरण समेत दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले हटाउन तयार पारेको मन्त्रीको नाम एउटा डायरीमा सुरक्षित राखेको जनाइएकोछ । असक्षम मन्त्रीहरुको ‘हिट लिष्ट’ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिलामन्त्री लालबाबु पण्डित र अर्थमन्त्री डा. युवराज खतिवडाको नाम छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेर ‘हिट लिष्ट’ बनाएका मन्त्रीहरुसँग एक्लाएक्लै भेटवार्ता गरेर समिक्षा गर्ने स्रोतको दाबी छ । नेकपा निकट उच्च स्रोतले भन्यो,‘अमेरिका जानुअघि प्रधानमन्त्रीज्यूले असन्तुष्ट रहेका सबै मन्त्रीहरुसँग छलफल गर्नुहुन्छ, सायद मन्त्रीहरु हटाउन पनि सक्नुहुन्छ ।’

यता, नेकपाभित्र अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै सहमति बनेर मन्त्रीहरु हेरफेर गर्न लागिएको बुझिएको छ । अहिले नयाँ मन्त्रीहरु क–कसलाई पठाउने भन्नेबारेपनि दुई अध्यक्षबीच छलफल प्रारम्भिक रुपमा चल्न थालेको छ । तर, नेकपामा यसरी मनोमानी ढंगबाट मन्त्रीहरु हटाउन थाले पार्टी फुट्ने भन्दै नेता माधव नेपालले धम्की समेत दिएको बुझिएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.