प्रचण्ड घुम्न थालेपछि केपी ओली थुरथुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश दौडाहामा निस्केपछि प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली थुरथुर भएका छन् ।भारत भ्रमणमा गएर आएको केही दिनमै प्रचण्ड चीन गएका छन् । शनिबार चीन गएका प्रचण्डले भारतमा झैं चीनका प्रमुख नेताहरुसँग भेटघाट गर्ने छन् ।

प्रचण्डले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतालाई भेट गरेपछि ओली अचानका तनाबमा छन् । आफ्नै पार्टीभित्र आलोचना भोग्दै गरेका ओली अहिले विपक्षीसँग भन्दा पनि आफ्नै पार्टीका शीर्ष नेतासँग अत्तालिएका छन् ।

ओली एकातिर छन् भने प्रचण्ड, माधबकुमार नेपाल, झलनाथ खनाल अर्कातिर बसेर भित्री रुपमा ओली विरुद्ध मोर्चाबन्दी गरिरहेका छन् । यो बुझेका ओली आफ्नो प्रधानमन्त्री पद कुनैबेला पनि जान सक्ने खतरा भएको भन्दै चिन्तित छन् । त्यसमा पनि प्रचण्डले बेलामौका दिने भाषणले ओलीलाई नराम्ररी झस्काउने गर्दछ ।

प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भनेर भारतका संचारमाध्यममा बोलेपछि ओली थप तनावमा छन् । सरकारप्रतिको विश्वसनियता घट्ने र कर्मचारीले नटेर्ने खतरा हुने भन्दै ओली र प्रचण्ड दुवै आलोपालो नेतृत्व गर्ने सहमति भएको भनेर स्वीकार्दैनन् । यसअघि बनेको सरकारमा पनि ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व छोड्न तयार नभएपछि तत्कालीन एमाले र माओवादीको सम्वन्ध नराम्ररी बिग्रिएको थियो ।

अन्ततः प्रचण्डले कांग्रेससँग सहकार्य गरेर सरकार चलाएपछि एमाले माओवादीविरुद्ध कडा रुपमा खनिएको थियो । ओली र दाहालको सम्बन्ध ढिलोमा पनि प्रधानमन्त्री बन्ने बेलामा चिसिने छ । ओलीले खाइरहेको प्रधानमन्त्रीको कुर्सी छोड्ने छैनन् भने प्रचण्डले सहमति अनुसार प्रधानमन्त्री चाहियो भन्दै ओलीविरुद्ध जे पनि गर्नेछन् । यस्तो अवस्थामा एमालेका नेताहरु पनि प्रचण्डसँग लागे फाइदा हुने भन्दै ओलीलाई छोड्ने निश्चित छ ।

प्रचण्डले राजनीतिमा अर्को मोड लिन सकिन्छ भनेर अभिव्यक्ति दिएपछि ओलीले हतारमा सांसद्को हस्ताक्षर संकलन गरेर आफैं संसदीय दलको नेता बनेको घोषणा गर्दै फागुन ३ गते प्रधानमन्त्री भएका थिए । यतिबेलासम्म समानुपातिक सांसद्को सूचीमात्र प्रकाशित भएको थियो, धेरैजसो सांसद् काठमाडौं आएकै थिएनन् । संसदीय दलको नेतामा उठ्ने सांसद्को अधिकार पनि कटौती भएको थियो । पछि ओलीले प्रधानमन्त्रीको लागि संसद्बाट विश्वासको मत लिएर बहुमत पु¥याए । ओलीको कार्यशैलीप्रति शीर्ष नेता नै असन्तुष्ट छन् ।

जनताले पत्याएर धेरै मत संकलन गरेर सरकार बनाएका ओली प्रधानमन्त्री भएको असोज ३ गते ७ महिना पुग्ने छ तर जनताको जिवनस्तरमा परिवर्तन कम्तिमा ७ वटा काम पनि नगरेपछि उनी र सरकार विपक्षीलाई गाली गरेर महान बन्ने दाउमा छन् । तत्काल गर्ने काम नगरेर ओलीले महत्वाकांक्षी योजना सुनाउँदै जनतालाई आशाको भ्रममा पारेका छन् । शनिबार एमाले पार्टी कार्यालय धुम्वाराहीमा ओलीले विपक्षीलाई अरिंगाल झैं झम्टन कार्यकर्तालाई निर्देशन दिएपछि ओलीविरुद्ध जनमत बढ्दै गएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.