प्रचण्डकी छोरी रेणु र शेरबहादुर देउवाबीच भेट, दुवैको भेटले ओलीलाई खतरा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबीच भेट भएको छ ।

प्रेस युनियनले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा चितवन पुुगेका देउवा र अतिथिको रुपमा उपस्थित रेणुबीच भेट भएको हो । रेणुले देउवालाई नमस्कार गरेपनि उनीहरूबीच वार्ता भएको थिएन ।

गत वर्ष भएको स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रहेकी रेणुलाई जिताउन शेरबहादुर देउवा चितवन पुगेका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवा जहाजको एउटै सीटमा बसेर चितवन पुगेका थिए । त्यसयता देउवा र रेणुको पहिलो भेट शुक्रबार भएको बताइएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.