प्रकाण्ड पुनः सर्वोच्च अदालतको गेटबाटै पक्राउ

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पुनः सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ। शुक्रबार सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको हो।  सर्वोच्चले गैरकानुनी थुनामा राख्न नपाइने

भन्दै फैसला गरेको थियो। तर उनी गेटबाट बाहिर निस्किने बित्तिकै माथिको आदेश भन्दै प्रहरीले पक्राउ गरेको थियो। उनलाई कहाँ लगिएको छ भनेर स्पष्ट भएको छैन।  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको थियो।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.