प्रकाण्डलाई फेरी २ दिन म्याद थप

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अनुसन्धान गर्न २ दिन म्याद थप गरेको छ । अाइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले २ दिन म्याद थप गरेको हो।

प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले २ दिन मात्र म्याद थपको अनुमति दिएको हो ।

उनीसँगै म्याद थपका लागि अदालत उपस्थित गराइएका उनका सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठलाई  भने ३ दिन म्याद थप गरेको छ । उनीहरुलाई म्याद थप गरेको यो दोस्रोपटक हो । साउन २२ गते गिरफ्तार तीनै जनालाई २३ गते सोही अदालतले पाँच म्यादको अनुमति दिएको थियो ।

साथै आजै शनिबार मात्र काठमाडौंबाट गिरफ्र्तार गरिएका नेकपा निकट पर्यटन व्यवसायी प्रमेश दर्नाललाई पनि ३ दिनको म्याद थप गरेको छ । प्रहरीले अाज अदालत परिसरमा संचारकर्मीहरुलाई प्रकाण्डसँग प्रतिक्रिया समेत दिन दिएनन् । चारै जनालाई टेकु प्रहरी परिसरको हिरासतमा लगिएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.