पुष्पकमल हराएकोमा चिन्तित कार्यकर्ता, श्रीमतीको सुसारमा प्रचण्ड

पार्टी एकीकरणको घोषणापछि नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमा पुगेर श्रीमतीसँग भने– ‘आज ठूलो भारी बिसाएको जस्तो हल्का भएको छ ।’तर, श्रीमती सीताले कुनै प्रतिक्रिया दिइनन् । एक मात्रै छोरा प्रकाशको निधनपछि डिप्रेसनको सिकार हुन थालेकी सीतालाई बिमारले यतिविधि च्यापिसकेछ भन्ने प्रचण्डले बल्ल थाहा पाए ।

सुख बाँड्ने र दुःख पोख्ने जीवन संगिनीकै यस्तो हालत भएपछि प्रचण्ड पनि विस्तारै डिप्रेसनको सिकार हुन थालेको समाचार स्रोतले जनाएको छ ।२०६३ सालदेखि मुलुकको राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएका प्रचण्ड पार्टी एकीकरणपछि लगभग भूमिका विहीन भएका छन् ।

राजनीतिमा एक्कासि भूमिकाविहीन भएर बस्नुपर्दा र पारिवारिक बज्रपात एकपछि अर्को थपिँदा प्रचण्डले आफैंलाई सम्हाल्न नसकिरहेको उनी निकट स्रोतले जनाएको छ ।

चार वर्षअघि जेठी छोरी ज्ञानुको निधनपछि प्रचण्डकी श्रीमती सीतालाई विभिन्न रोगले समात्न थालेको थियो । तर केही महिनाअघि एक्लो छोराको निधनले झन् बज्रपात थपियो ।

यो बज्रपात सहन सक्ने अवस्थामा उनी रहिनन् । जेठी छोरी ज्ञानु र छोरा प्रकाशको निधनपछि पनि प्रचण्डले भने आफूलाई सम्हाल्दै आएका थिए ।तर, श्रीमती सीता यो हालतमा पुगेपछि भने प्रचण्डको पनि आफूलाई सम्हाल्न सक्ने खुबी क्षीण हुँदै गएको छ ।दुईवटा जवान विधवा बुहारीमध्ये जेठी माइतमै छन् ।

प्रकाश जीवित छँदा नै घरमा नल्याइएकी जेठी बुहारीलाई अब सासूको स्याहारका लागि बोलाउने हिम्मत प्रचण्डले जुटाउन सकेका छैनन् ।जेठी बुहारीलाई माइतीमा बस्नुपर्ने बाध्यता प्रचण्डले नभएर सीताले नै सिर्जना गरेकी थिइन् । कान्छी बुहारी विना यतिबेला मन्त्री छन् ।

तर, घरमा सासू ससुरासँगै बस्दा कार्यकर्तासँगको भेटघाट र आफ्नो कामलाई असर पर्ने ठम्याइँ उनको छ । प्रचण्डले ‘जनयुद्ध’ का क्रममा श्रीमान् गुमाएका जवान विधवाहरूलाई दोस्रो बिहेका लागि प्रोत्साहन गर्ने क्रान्तिकारी काम गरेका थिए ।

तर, आफ्नै बुहारीहरूको हकमा भने यो क्रान्तिकारिताको उच्चारण पनि गर्न सकेका छैनन् । तर पैतृक सम्पत्ति भने उनले दुई कट्ठा मात्रै बाँकी राखेर छोरीहरूलाई बाँडिसकेका छन् । सबैभन्दा धेरै (२६ कट्ठा) कान्छी छोरी गंगालाई दिइएको पारिवारिक स्रोतले जनाएको छ ।

माहिली छोरी रेणु भरतपुर महानगरपालिकाकी मेयरसमेत भएकाले प्रचण्डलाई केही राहत मिलेको छ । उनलाई सबैभन्दा चिन्ता भनेको एकजना जवान विधुर ज्वाइँ र दुईजना जवान विधवा बुहारीहरूको भविष्यप्रति हो ।

दिवंगत जेठी छोरी ज्ञानुका पतिलाई उनले सभामुख कृष्णबहादुर महराको सचिवालयमा जागिर दिलाएका छन् । फेरि एक पटक प्रधानमन्त्री बनेपछि मात्रै प्रचण्ड र सीता डिपे्रसनको समस्याबाट मुक्त हुने आशा छोरीहरूले गरेका छन् । तरुणका साथमा ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.