पर्साका शिक्षा एकाइ प्रमुख उपसचिव साह ४० हजार रुपैयाँ घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार रुपैयाँ घुससहित वीरगञ्ज-१४ चिनीमिल स्थित क्वार्टरबाट आज पक्राउ गरेको छ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।

भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने नाममा सेवाग्राहीसँग घुस लिँदालिँदै उपसचिव साह पक्राउ परेका हुन् ।

घुससहित समातिएका उपसचिव साहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिएका छन् ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.