पर्यटन राज्यमन्त्रीलाई सांसदबाट राजिनामा गर्न लगाएर बामदेव गौतमलाई डोल्पाबाट निर्वाचन लडाउने तयारी

नेपाल कम्युनिष्ट पार्टीबाट नेता बामदेव गौतमलाई डोल्पाबाट उप निर्वाचन लडाउने तयारी हुदैछ । प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित गौतमलाई सांसद बनाउन पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाउने तयारी भएको स्रोतको भनाई छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उप–निर्वाचन गराउने र गौतमलाई उम्मेदवार बनाउने विषयमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओली सहमत देखिएका छन् ।

सरकारले डोल्पामा उपनिर्वाचन गर्ने तयारीमा छ । बुढाले राजिनामा दिएपछि उपनिर्वाचनको लागी सरकारले निर्वाचन आयोगलाई आग्रह गर्नेछ । बहालवाला पर्यटन राज्य मन्त्री समेत रहेका सांसद धनुबहादुर बुढाले ११ हजार ७६१ मत ल्याएर बिजयी भएका थिए ।

उनी दोस्रो संविधानसभामा समेत राप्रपाबाट एमालेमा प्रवेश गरी चुनाव जितेका हुन । सांसद धनबहादुर बुढाले यसअघि गौतमकै कारण डोल्पामा टिकट पाएका चर्चा थियो । लामो समय एमालेको राजनिति गरेका नेताहरुलाई टिकट नदिएर एकैपटक बुढालाई टिकट दिएको

भन्दै डोल्पाको तत्कालिन एमालेको जिल्ला कमिटी नै विरोधमा लागेको थियो । स्थानीय नेताहरुको विरोधका बावजुत पनि गौतमले धनबहादुर बुढालाई टिकट दिलाएर नै छोडेका थिए । राज्यमन्त्री बनाउन पनि गौतमको निर्णायक भुमिका रहेको पुर्व एमाले कार्यकताहरु बिच चर्चा चल्छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.