न्याय माग्दा लछार पछार गर्दै पक्राउ (हेर्नुस तस्वीरहरु)

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले लछार पछार गर्दै अभद्र तरीकाले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट नेपाल फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।

हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको छ । प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए ।

यसैबीच करिब चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको आरोपमा  बालिका पन्तका छिमेकी प्रदीप रावल पक्राउ परेका छन् र उनले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् ।

पक्राउपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आफैं उपस्थित भएर लिइएको बयानमा रावलले घटना स्वीकार गरेको प्रहरी स्रोतले भनाई छ । रावलले घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।
रावलले घटना स्वीकार गरिसकेपछि उनको बयानको आधारमा कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

 

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.