नेविसंघले कञ्चनपुरमा फेरि अान्दाेलन चर्काउँदै हत्यारा सार्वजनिक गर्ने मागसहित अाेलीलार्इ राख्याे यस्तो टार्गेट अब के हुन्छ ?

कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ट अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समे तकञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठाेस प्रमाण फेला पार्न सकेका छैनन्। जसले नेपाल विद्यार्थी संघ कञ्चनपुरले बिहीवारदेखि सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन शुरु गरेकाे छ ।

नेवि संघले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्नुका साथै अनुसन्धानका क्रममा लापरपाही गरेका र गाेली चलाएका प्रहरीमाथि पनि कारवाँही हुनु पर्ने लगायतकाे माग थप गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको हाे।

‘निर्मलाका हत्यारा अहिलेसम्म सरकारले पक्राउ गरेको छैन्’ नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘सरकारलाई दबाव दिन कै लागि हाम्रो चरणबद्ध आन्दोलन शुरु भएको हो।’

उनले सरकारले तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलनका क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सारेको बताए ।

‘शुक्रबार हामीले सरकारी कार्यालय र गाडी बन्दको कार्यक्रम बनाएका छौं’ उनले भने, ‘क्रमबद्ध रुपमा आन्दोलन अघि बढ्ने छ ।’ नेविसंघले ३० गते कञ्चनपुर बन्दको आब्हानसमेत गरेको छ । ‘अहिले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएका छौं’, केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘त्यसपछि आगामी आन्दोलनका कार्यक्रम अघि बढ्ने छन् ।’

नेविसंघले निर्मला हत्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्चाइनुपर्ने, घाइतेहरुको उपचारमा ध्यान दिइनुपर्ने, दिलीपसिंह विष्टलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने लगायतका मागसमेत राखेको छ ।

दबाब सिर्जना गर्नकै लागि निर्मलाका बुवाआमासहित अधिकारकर्मी काठमाडौँ पुगेका छन् । काठमाडौँैमा दबाबमुलक कार्यक्रम अन्र्तगत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मानवअधिकार आयोगसहित राजनीतिक दल, नागरिक समाज लगायतसँग भेट गर्ने कार्यक्रम छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० औं दिन पुगिसक्दा पनि अनुसन्धान टुंगोमा पुग्न सकेको छैन । प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट निर्दोष सावित भइसकेका छन् भने बम दिदी बहिनी पनि रिहा भइसकेका छन् ।

साउन १० गते साथी रोशनीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको अर्को दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो । निर्मलाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै डेढ महिनादेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनमय बनेको छ ।

बिहीवार अपरान्ह महेन्द्रनगरमा प्रदर्शन गर्दै नेविसंंघले आफ्नो चरणबद्ध आन्दोलन सुरु भएको जनाएको छ । नेविसंघका जिल्ला नेता किशोरप्रसाद जोशीले अबको आन्दोलन सरकारले हत्यारा पत्ता नलगाउन्जेल हुने बताए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.