नेपाल साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

थिम्पुस्थित चालिमिथाङ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई सहज रुपमा पराजित गरेको हो । नेपालले आठौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि अनुष्का शेर्पाले अग्रता दिलाएकी थिइन् । खेलको १४ औं मिनेटमा सविना रानामगरले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप २ गोल गर्दा पाकिस्तानले भने गोल गर्न सकेन । समुह बीबाट नेपालसँगै बंगलादेश सेमिफाइनल पुग्न प्रवेश गरेका छन् ।

नेपालसँग पराजित भएसँगै समूह चरणका दुवै खेलमा हार ब्यहोर्दै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल र बंगलादेशबीच भोलि (सोमबार) हुने खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.