नेपाली सेनालाई ‘शान्ति मिसन’ मा थप अवसर !

 

नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) मा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो ।

नेपाली सेनाले ‘कार’ मा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिव सय जना सैनिकका लागि कोटा बढ्नेछ । ‘कार’ मा यसअघि १ सय ३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’ का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दै बटालियनको अवसर दिएको हो ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार ‘कार’ मा नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा हरेक वर्ष करिव सय सैनिकले अवसर पाउनेछन् । ६ सय सैनिकहरु बटालियनका रूपमा त्यहाँ जान लागेको प्रवक्ता भण्डारीले बताए । आवश्यक बन्दोबस्तीका सामानसहित केही सैनिक त्यहाँ पुगिसकेको र थप सैनिक माग भएलगत्तै पठाउने गरी तयारी अवस्थामा राखिएको उनले बताए ।

नेपाली सेना संयुक्त राष्ट्रसंघअन्तर्गत हाल सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिबिया, इजरायल, माली, कंगो, सुडान, सिरिया, मोरक्को र दक्षिण सुडानमा खटिँदै आएको खबर बिहीबारको राजधनी दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.