नेकपाको काठमाडौं जिल्ला कमिटी मंसिर ८ को तयारीका लागि स्थानीयको घरआँगनमा

नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समिति साँस्कृतिक टिमसहित अभियान–२ अन्तर्गत स्थानीयको घरआँगनमा पुगेको छ ।

स्थानीय स्तरबाट यसअघि संचालन गरेको अभियानपछि पनि थप अभियानको आग्रह भएपछि दोस्रो चरणको यो अभियान चलाइएको नेकपा काठमाडौंले जनाएको छ ।

सोही क्रममा बुढानिलकण्ठ, टोखा, रानीपौवा, नाङलेभारेलगायत स्थानहरुमा नेकपा केन्द्रीय नेता तथा स्थानीय नेता कार्यकर्ताहरु अभियानमा जुटिरहेका छन् । सोमबार पनि अभियान चलाइएको छ । आगामी मंसिर ८ गते काठमाडौंको खुलामञ्मा नेकपा केन्द्रीय समितिको आयोजनामा हुने विशाल जनप्रदर्शन र जनसभामा सहभागी हुन अपिल समेत घरआँगनमा पुगेको अभियान टोलीले स्थानीयलगायत सम्पूर्ण पक्षलाई आह्वान गरिरहेको छ ।

अभियानमा ‘महंगी, भ्रस्टाचार र कर वृद्धिविरुद्ध संघर्ष गरौं, मंसिर ८ गते खुलामञ्च जाऔं’ नारासाथ अभियान चलाइरहेको नेकपा काठमाडौंले जानकारी दिएको छ । अभियनमा सामना साँस्कृतिक परिवारले सशक्त रुपमा जनपक्षीय गीत र नृत्य प्रस्तुत गरिरहेको जानकारी प्राप्त भएको छ ।

अभियानलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’, अखिल महिला संघ (क्रान्तिकारीका) महासचिव एवं नेकपा काठमाडौंका सेक्रेटरी धिरेन्द्रा उपध्याय ‘भृकुटी’ले स्थानीयलाई सम्बोधन गरेका छन् । उनीहरुले दलाल संसदीय व्यवस्थालाई खारेज गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको अभियानमा लामवद्ध हुन नागरिकसँग अपिल गरे ।

महंगी, कलाबजारिया, तस्कर, भ्रष्टाचार, दलाली, कर वृद्धिलगायत विषयको विरोधमा प्रष्ट पार्दै अभियान टोलीले घरदैलोमा पर्चा समेत बाँडेको छ ।

 

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.