नेकपाका अन्य कमिटीहरुको एकता, कर्णाली प्रदेश कार्यदलले शुक्रबार प्रदेशको संख्या र नामसहितको प्रतिवेदन बुझायो

जिल्ला प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन नेकपा अध्यक्षहरुको निर्देशन भए पनी पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । कार्यदलमा भएका नेताहरुले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्नेक्रम भने शुत्रबारबाट सुरु भएको छ।

कर्णाली प्रदेश कार्यदलले शुक्रबार प्रदेशको संख्या र नामसहितको प्रतिवेदन पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेललाई समय सिमा भित्र नै बुझाएको छ । अध्यक्षद्वय र शीर्ष नेताहरूकै तहबाट नेतृत्व पनि टुंग्याउँदै जाने नेकपाको तयारी छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजन हुने गरी टुंगो लगाइदै छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब–करिब टुंगो लगाएका छन् ।

यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ । नेकपा कर्णाली प्रदेशको कार्यदलमा भएका युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा सहितको कार्यदलले प्रदेश कमिटी १७५ सदस्यीय, पूर्वएमालेबाट ८७ र पूर्वमाओवादीबाट ८८ जना रहने गरि प्रतिबेदन बुझाएको छ ।

त्यस्तै नेकपा कर्णाली प्रदेशको कार्यदलले नेकपा कर्णाली प्रदेशका अध्यक्षका सम्भाबित दाबेदारहरुको नाम पनी नेताहरुलाई सुनाएको छ अध्यक्षका दाबेदार मायाप्रसाद शर्मा, यामलाल कँडेल, गोरखबहादुर बोगटी, लक्ष्मी पोखरेल रहेका छन् अन्तिम तयारी हाराहारी हैसियतमै प्रदेश र जिल्ला कमिटी बनाउने गरी संख्या टुंग्याएर कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ ।

प्रदेश सतितिको संख्या टुंगो लागिसकेकाले नेतृत्व मात्र टुंग्याउन बाँकी छ । प्रदेशका १० जिल्लामध्ये पछिल्लो चुनावको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व सकभर बराबरी हुने गरी टुंग्याउने नेकपा कर्णाली प्रदेशको कार्यदलको तयारी छ  ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.