निर्मला पन्त हत्या प्रकरणः बादलले लिए दुई डिएसपीसहित पाँच प्रहरीमाथि एक्सन

कञ्चनपुरकी ३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छाबिनमा लापरबाही गर्ने दुई डिएसपीसहित पाँच प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नायब उपरीक्षक (डिएसपी) अंगुर जोशीसहित पाँच प्रहरी निलम्बनमा परेका हुन् । उक्त घटना छानबिनका गृह मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनाली नेतृवको टोलीले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको हो ।

निलम्बनमा पर्ने अन्यमा जिसीसहित डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी उपरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी छन् । उत्त प्रकरणमा शंकाको घेरामा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीरज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।

मैनाली प्रतिवेदनले प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको घटनामा जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको उल्लेख छ । गृहमन्त्रीले प्रतिवेदन बुझेपछि मन्त्रालयका तर्फबाट जारी विज्ञप्तिमा उक्त घटनामा संलग्न जो कसैलाई कानूनी कारबाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.