‘निर्मलाको न्यायका निम्ति बानेश्वरमा प्रर्दशनपछि प्रम ओलीले प्रहरी हेडक्वाटरलार्इ दिए यस्तो निर्देशन

कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ट अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समे तकञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठोस प्रमाण फेला पार्न सकेका छैनन्।

जसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्याय नपाइने हो की भनेर चिन्तित बनेपछि उनीहरु न्यायको लागि काठमाडौँ नै आएका छन्। उनीहरु काठमाडौं आएर न्या नपाएर नफर्किने सरकारलार्इ चेतवानी समेत दिएका छन्।त्यसै क्रममा शनिबारदेखि काठमाडौंको माइतिघर मण्डलामा निर्मलाका निम्ति न्याय अभियान अन्तरगत प्रदर्शन सुरु भएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजारौं सर्वसाधरण सहभागी भएका छन् । निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको अवस्थामा अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। देशैभरको प्रर्दशनले प्रधानमन्त्री केपी ओली तनावित बनेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तनावबाट छुटकारा पाउन निष्पक्ष छानविनको लागि अनुसन्धानको लागि गठित समिति छानविन र प्रहरी हेडक्वाटरलार्इ निर्देनात्मक आदेश दिएका छन्।प्रधानमन्त्रीकै आदेशमा हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ ।

हत्या प्रकरणको दोषी अहिलेसम्म नभेटिएपछि एसपी विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परीक्षण सुरु गरिएको हो ।नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका विधि विज्ञान विज्ञ डाक्टर हरिहर वस्तीसहितको टोलीले एसपी विष्टसहितको डीएनए परीक्षण सुरु गरेको हो । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले तीनजनाको डीएनए परीक्षण गर्न लागिएको बताए।

यसअघि प्रहरीले मुख्य अभियुक्त रहेको भन्दै दीलिप सिंह विष्टलाई पक्राउ गरी अनुसन्धान गरेको थियो तर उनको डीएनए र निर्मलाको शरीरमा भेटिएको डीएनए नमिलेपछि दीलिपलाई प्रहरीले रिहा गरेको थियो ।

स्थानीयवासीले निलम्बित विष्टको काम शंकास्पद रहेको भन्दै उनी र अन्य दुईजनामाथि अनुसन्धान सुरु गर्नुपर्ने दवाव दिँदै आएका थिए । घटना भएको दुई महिना पुग्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै स्थानीयवासीले शंका व्यक्त गरेका थिए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.