नागरिक उड्डयन प्राधिकरणद्वारा बुद्ध एयरको नेपालगञ्ज–दिल्ली उडान तालिका स्वीकृत

नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज दिल्लीको उडान तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको छ ।

यसअघि बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो ।

यसै क्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । बुद्ध एयरले उडानका लागि आफ्नो तर्फबाट गृहकार्यहरु गरिरहेको जनाएको छ ।

दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवाजाही हुने गरेको छ ।

यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरुसँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको छ । यस उडानबाट सुदुर पश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पर्यटकहरुलाई पनि आकर्षित गर्नेछन् । नेपालगञ्ज–नयाँदिल्लीको उडान लगत्तै बुद्व एयरले नेपालगञ्ज–पोखराको दैनिक उडान पनि भर्ने जनाएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.