नबिनको ‘मुसु मुसु हास्यौ मानी छौ र कि सरम’ बजारमा

पाल्पा जिल्लाको सस्कृती र सस्कारको रुपमा रहेको ख्याली चुड्का भजन जस्लाइ रोइला भनियो सोही भाकालाई आधार बनाएर नवीन पौडेलले नया गीत बजारमा ल्याएका छन। लुम्बिनी गण्डकी मा अत्यधिक प्रचलनमा रहेका यस्ता भाकाहरु सन्कलन र श्रीजना गर्नु नवीनको पर्याय नै हो।

मुसु मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम उनको पछिल्लो डान्सिङ नम्बर हो। अहिले युट्युबमा निक्कै मन पराइएको यो गीत मा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर सुन्न सकिन्छ। लय श्रीजना स्वयम् नबिनले गरेका हुन भने शब्द श्रीजना बाबुराम पन्थी र धर्मराज पोखरेलले गरेका हुन। मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियोको निर्देशन कुमार केसिले गरेका हुन।

यश गीतमा सुरेन्द्र र आरुसी मगर को बेजोड अभिनय हेर्न सकिन्छ। यथार्थपरक समयसम्म गीत श्रीजना गर्नमा नवीन अब्बल मानिन्छन। उनका श्रीजनाहरु समाजमा चेतना जगाउने खालका हुने गर्दछन। यश भन्दा अघि फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, बुलाकी झुम्काना, श्रीनगर बतासे डाडैमा, ए हजुर सुन्नुभाछर, आजै भेट भाको उदयपुर आको म परेँ पाल्पाको लगायतका धेरै गीतहरु श्रोता दर्सकको मन मस्तिष्कमा बाँस गरिसकेका गीतहरु हुन।

स्टेज प्रस्तुतिमा दर्सक श्रोताले निक्कै नै रुचाएका नवीनका एक पछि अर्को गीतहरु सफल बन्दै गइरहेका छन। भिडियो बनाइसकेर तयार भएको देउडा गीत केही समय पछि सार्बजनिक गर्ने तरखरमा रहेका नवीन निक्कै ब्यस्त गायकमा पर्छन। भर्खरै युरोपको साङीतिक टुर सकेर फर्किएका नबिनको मुसु मुसु हास्यौ बोलको गीतलाइ हाम्रो पनि शुभकामना ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.