धर्म परिवर्तन गराउनेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना !

 

व्यक्तिको सहमतिविना जबर्जस्ती धर्म परिवर्तन गराउने जो–कोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था भदौ १ देखि लागू हुने भएको छ ।

मुलुकी अपराध संहिता (ऐन), मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर ऐन, २०७४ भदौ १ देखि कार्यान्वयनमा आउने भएको छ । ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । दोषी प्रमाणित भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ ।’

यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने प्रावधान ऐनमा रहेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.