दुर्गा प्रसाईंलाई कारबाही माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

राष्ट्रियसभाको बैठक बुधबार पनि अवरुद्ध भएको छ। व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई कारबाही र तरुण दलका कार्यकर्तामाथि बानेश्वरमा भएको दमनबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध भएको हो।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसद बद्रीप्रसाद पाण्डेले बंगलादेशमा अध्ययनरत छात्राबारे बीएन्डसी मेडिकल कलेजका दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सरकारले चासो नदिएकोले तत्काल उनलाई कानूनी दायरा ल्याउन माग गरेका हुन्। प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मंगलबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको थियो।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.