दुई फ्रान्सेली पक्राउ : ‘यौन दूराचार’ को आरोप…

 

बालयौन दूराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउ रहेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दूराचार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भद्रवासमा निगरानी बढाएको थाहा पाएपछि विमानस्थल जान लागेका बेला उनीहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.