तपस्वी बम्जनमाथि लाग्यो आनीलाई बलत्कार गरेको आरोप

बारामा जंगल कब्जा गरेर बस्दै आएका विवादास्पद तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ ।बम्जनमाथि एक १८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोप लागेको हो ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी पीडित युवतीले उक्त खुलासा गरेकी हुन् । पत्रकार सम्मेलनमा उनले आफूमाथि बमजनले पटकपटक बलात्कार गरेको बताइन् ।

बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न गएका बेला आफू बलात्कारमा परेको उनको भनाइ छ । आफूले यसअघि नै प्रहरीमा उजुरी दिन खोज्दा बम्जन पत्निले धम्की दिएकाले नसेकको पनि ती युवतीले बताइन् ।

यद्यपि केही समययता बलात्कारका घटना बाहिर आउन थालेको र त्यस्तो विषय बाहिर ल्याउनुपर्छ भन्ने ठानेर आफू महिला अधिकारकर्मीको सहयोगमा राजधानी आइपुगेको जानकारी उनले दिइन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.