डा गोबिन्द केसीसँग वार्ताका लागि परामर्श जारी

अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श सुरु गरेको छ।

सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराउनुभएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य थालेको छ ।

विज्ञहरुको सुझाव र केसीको मागका आधारमा संसदमा भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता हुने तयारी भएको छ सरकारी वार्ता समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज

बरालले आफूहरु परामर्शमा रहेको तथा वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बन्दै गएको जानकारी दिएका छन । चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २६ दिनदेखि अनशनमा छन् र उनको स्वास्थ्यस्थित खराब हुुँदै गएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.