जुम्ला सुर्खेत आन्तरिक उडान सुरु

जुम्ला-वर्षौंपछि सिधै सुर्खेतबाट जुम्ला हवाई जहाज चड्ने जुम्लीको सपना पूरा भएको छ । कर्णाली प्रदेशको पर्यटन मन्त्रालयको पहलमा बल्ल सुर्खेतबाट सीधा जुम्ला जहाज चड्ने सपना पूरा भएको हो । कर्णालीमा आन्तरिक उडानका लागि पटक–पटक कर्णालीवासीले गरेको माग गर्दासमेत उडान हुन सकेको थिएन ।

छलफल र बहसमै सीमित कर्णालीको आन्तरिक अझै कर्णालीका चार जिल्लामा कहिले हुने पत्तो छैन् । तर, जुम्लाका लागि भने, बुधबारदेखि समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाजले सुर्खेत जुम्ला उडान सुरु गरेको छ । पहिला नेपालगन्जबाट जुम्ला यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । सुर्खेत जाँदा नेपालगन्ज पुग्नुपर्ने बाध्यताबाट पनि जुम्लावासीले मुक्ति पाएको नागरिक समाजका सचिव

सरोज शाहीले बताए । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले स्वयं चढेर जुम्ला पुगी सुर्खेत–जुम्ला उडानको उद्घाटन गरे । पर्यटनमन्त्रीसहित पहिलो उडानमा १८ जनाले सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् ।

साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लालाई प्राथमिकता दिँदै राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सीधा हवाई सेवा सुरु गरिएको मन्त्री बुढाले बताए । उनले भने, सुर्खेत जुम्ला उडानले नागरिकलाई सेवामा पहुँच मात्र नभई जुम्लाको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने उनको विश्वास छ ।

कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एन्ड टुर जुम्लाको व्यवस्थापनमा समिट एयरले सुर्खेत–जुम्ला उडान गर्ने भएको छ । सुर्खेत–जुम्ला उडानको शुभारम्भ गर्दैै जुम्ला पुगेका पर्यटनमन्त्री नन्दसिंह बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला प्राथमिकतामा परेको बताए । नेपाल पर्यटन पत्रकार संघ जुम्लाले सुर्खेत–जुम्ला उडानको स्वागत गर्दै यसलाई निरन्तरता दिन सुझाव दिएको अध्यक्ष नेत्रबहादुर शाहीले बताए । सबैको माग आवश्यकतालाई मध्यनजर गरी नियमित उडानमा जोड दिइने समिट एयर जुम्लाका इन्चार्ज सन्तोजङ शाहीले बताए ।
कुन दिनमा हुन्छ उडान ?

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.