जब रामपुरमा दुई समूहका युवा कुटाकुट गरे…

ल्पाको रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।रामपुर–५ बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका छन् । घाइते दुवै युवालाई उपचारका लागि हेलिकप्टर मार्फत मेडिसिटी अस्पताल काठमाण्डु लगिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

सहदत हुसेनको टाउको र समसूहक मियाको कानमा चोट लागेको रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले बताए । उनले सामान्य कुरामा साथीहरुबीच विवाद हुँदा कुटाकुट भएको बताए । घाइते दुवैको अवस्था सामान्य रहेको तर पारिवारिक दवावका कारण उनीहरुलार्इ काठमाण्डु लगिएको प्रहरीले जनाएको छ ।

शुक्रबार रानपा–५, बेझाड सहकारी पथमा स्थानीय ३९ वर्षीय समसुहक मिया र ३२ वर्षका सहदत हुसेनलाई ३५ वर्षीय अशोक श्रेष्ठ, २१ वर्षीय अमृत श्रेष्ठ र २४ वर्षका चन्द्र श्रेष्ठले कुटपिट गरेको बताइएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.