जनताको ढाड सेकेर कर उठाइँदै, कार किनेर उडाइँदै !

 

सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले भने संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन् ।

उपप्रमुख र वडाध्यक्षका लागि पनि उनले १५ वटा मोटरसाइकल किनिदिएका छन् । चौधरीले आफू निर्वाचित भएको केही दिनमै सट्टाभर्ना हुने गरी विकास बजेटबाट गाडी किनेका थिए । गत आर्थिक वर्ष गाउँपालिकाले ६० लाख रुपैयाँभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको थियो ।

‘राजस्व संकलनपछि विकास बजेटको रकम फिर्ता गरिसक्यौं,’ प्रमुख चौधरीले भने– ‘वडाध्यक्ष र कर्मचारीका लागि मोटरसाइकल किनेका छौं ।’ तर, संघीय सरकारले भने विकास बजेटबाट सवारी साधन किन्न रोक लगाएको र आन्तरिक स्रोतबाट मात्रै गाडी किन्न छुट दिएको खबर शनिबारको कन्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.