जंगबहादुर र महेन्द्रको पालाका ऐनमा व्यापक फेरबदल… !

 

पहिलो पटक जंगबहादुर राणा र दोस्रो पटक राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक फेरबदल गरी नयाँ ऐन आउँदैछ ।

भदौ १ देखि लागू हुने नयाँ ‘मुलुकी देवानी (संहिता)’ र मुलुकी अपराध (संहिता) ऐन लागू हुँदैछ । यससँगै १ सय ६५ वर्षदेखि अस्तित्वमा रहेको कानुन खारेज भई नयाँ कानुन लागस् हुनेछ ।

राजा सुरेन्द्रविक्रम शाहको पालामा शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाले पहिलो पटक मुलुकी ऐन बनाएर लागू गरेका थिए । यसको व्यावहारिक कार्यान्वयन राजा महेन्द्रका पालामा वि.सं २०२० देखि भयो । यति लामो इतिहास बोकेको कानुन अब एक सातापछि परिमार्जनसहित कार्यान्वयन हुन लागेको हो ।

नेपालको पारिवारिक कानुनमा समयसापेक्ष सुधार गर्दै अघिल्लो संसदले नयाँ कानुन पारित गरेको थियो । नयाँ मुलुकी संहितामा आएका कतिपय विषयले नयाँ सामाजिक मान्यतालाई भने सम्बोधन गर्न सकेको छैन ।

दुवै कानुन कार्यान्यवन गर्न सर्वोच्च अदालतले फौजदारी र देवानी संहिताका लागि आवश्यक पर्ने मुलुकी देवानी कार्यविधि (अदालती कारबाही) नियमावली, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन), जिल्ला अदालत नियमावली र उच्च अदालत नियमावली (संशोधन) सहितका पाँच नियमावली तयार र परिमार्जन भइसकेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.