घाईते अपाङ्गका लागि पुनस्थापना केन्द्र बनाउने सरकारको दायित्व हो : मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य देविदत्त आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले ३९ वुदे ध्यानाकर्षण पत्र वुझाएको छ । ध्यानाकर्षण पत्रमा सामाजिक सुरक्षा भत्ता दश हजार व्यवस्था गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिका लागि चाहिने सहायक सामाग्रि प्रदेशमै उत्पादन तथा वितरणका लागि वजेट व्यवस्था गरिनुपर्ने, पुर्ण अशक्त र वौद्धिक अपाङ्गता

भएका व्यक्तिको सहयोगीका लागि वजेट व्यवस्था गरिनुपर्ने लगायतका माग रहेका छन् ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले घाईते अपाङ्गका लागि पुनस्र्थापना केन्द्र प्रदेश सरकारले बनाउने वताउनु भएको छ । अर्काको सहारा लिइ रहनुपर्ने गम्भिर प्रकृतिका घाईते अपाङ्गहरुलाई गास, वास र कपास सहित पुनस्र्थापना केन्द्रमा राखिने ब्यबस्था सरकारले मिलाउने वताउनुभयो ।

वुधवार कर्णाली प्रदेशका राजधानी सुर्खेतमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश समितिको ध्यानाकर्षण पत्र वुझ्दै मुख्यमन्त्री शाहीले घाईते अपाङ्गको समस्याप्रति सरकार गम्भीर भएरै प्रदेश सरकारले नीति कार्यक्रममै पुनस्र्थापना केन्द्र स्थापना गर्ने उल्लेख गरेको जानकारी दिनु भयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्दबहादुर शाहीले अपाङ्गता भएकाहरुको क्षमता र अपाङ्गताको प्रकृति हेरेर रोजगारमुलक कार्यक्रम समेत ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो हो । ‘प्रदेश सरकार सवै नागरिकलाई रोजगारीको श्रृजना गर्छ मुख्यमन्त्री शाहीले भन्नुभयो ‘रोजगारीमा पहिलो प्राथमिकता अपाङ्गता भएकाहरुलाई दिईनेछ ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वनाउने अपाङ्गता सम्वन्धी कानुनमा अपाङ्गता भएका समुदायको अपनत्वको ग्यारेण्टी गरिने पनी जाकारी दिनु भयो । मुख्यमन्त्री शाहीले–भन्नु भयो ‘तपाईहरुलाई नसोधि, तपाईहरुको राय नलिई कानुन बनाईदैन । मुख्यमन्त्री शाहीले राष्ट्रिय अपाङ्ग महासंघको मागप्रति प्रदेश सरकार सकारात्मक रहेको वताउदै माग पुरा गर्नका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनी व्यक्त गर्नुभयो ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.