गोविन्द केसीको अनशन कम्युनिस्ट सरकारविरुद्ध ग्र्याण्ड डिजाइन : भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) स्थायी कमिटी सदस्य योगेश भट्टराईले चिकित्सक गोविन्द केसीको अनसन कम्युनिस्ट सरकारविरुद्धको षड्यन्त्र भएको आरोप लगाएका छन्।बुधबार राजधानीको एक कार्यक्रममा बोल्दै उनले सत्याग्रहको आवरणमा प्रधानमन्त्रीलाई सत्ता छाड्न भनिएको बताए।

उनले भने, “बाहिर के भइरहेको छ, हामीले बुझेका छौँ, गोविन्द केसीको अनशन कम्युनिस्ट सरकारविरुद्धको ग्र्याण्ड डिजाइन हो।” उनले गोविन्द केसीको माग देखाएर कांग्रेसलाई सत्तामा जान हतार भएको समेत बताए।

सत्ताविमुख भएको पाँच महिनामै छटपटाउने दलले सरकारको नेतृत्व गर्न नसक्ने र जीवनभर योग्यता पनि नराख्ने उनले टिप्पणी गरे । गोविन्द केसीको माग शैक्षिक भन्दा पनि राजनीतिक भएको उनको भनाइ थियो।

“प्रधानमन्त्री सत्ता छाड भन्दै माइतीघरमा नारा लगाउनुहुन्छ, हाम्रो सत्ता ढाल्न आउनेलाई त्यही किसिमको व्यवहार हुन्छ,” उनले भने।

उनले प्रतिपक्षी कांग्रेसले कुनै एजेन्डा नभेटेर सडकमा जे भेटिन्छ टिप्दै हिँडेको बताए। त्यस्तै उनले कतिपय बुद्धिजीवीले आलेख लेख्दै सरकारको विकल्प खोजेको र सेनालाई उकासेको बताउँदै केसी अनशन राजनीतिकरण भइसकेको जिकिर गरे।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.