गाउँगाउँमा सांसद रोका

रुकुम पूर्बबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सासंद कमला रोकाले आज रुकुम पूर्बको सदरमुकाम रुकुमकोटमा जनभेटघाट गर्नुभएको छ ।

गृह जिल्ला रुकुम पुग्नु भएकी सासंद रोकाले सदरमुकाम रुकुमकोटस्थित सिस्ने गाउँपालिका वडा न ५ टाकुराका मतदातासँग भेटघाट गर्नुभएको हो ।

सासंद रोका समक्ष वडा न ५ का जनताले रुकुमकोटमा २४ सै घन्टा सञ्चालन हुने गरी सञ्चारको ब्यबस्था गरिदिन माग गरेका थिए । छुट्टै जिल्ला भइसकेपछि रुकुमकोटमा सञ्चार माध्यमको ब्यबस्था गरिदिन पनि उनीहरुले माग गरे ।

रुकुम पुर्बको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसलाई आङगिक क्याम्पस बनाउनको लागि तत्काल पहल गरिदिन तथा वडा न ५ का केही वडामा विद्युत र खानेपानीको समस्या रहेकोले त्यसको लागि पनि भरपर्दो ब्यबस्था गरिदिन उनीहरुले आग्रह गरेका छन ।

सो क्रममा सासद रोकाले रुकुम पूर्बको सञ्चार क्षेत्रलाई भरपर्दो र प्रभावकाररी बनाउनको लागि निर्माण भएका टावरहरुमा विद्युत पुर्याइने र निर्माण नभएका तर फोनले काम नगर्ने ठाउँहरुमा तत्काल सर्वे गरि नया टावर स्थापना गरिने बताउनुभयो । उहाँले रुकुम पूर्बको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसलाई छिट्टै आङगिक क्याम्पसका बनाउनको लागि आफूले पहल गर्ने बताउनुभयो ।

त्यस्तै रोकाले सिस्ने गाउँपालिका वडा न ५ मा मात्र होइन रुकुम पूर्बका अन्य स्थानमा पनि शिक्षा स्वास्थ्य विद्युत खानेपानी र सडक नपुगेको ठाउँहरुमा पुर्याउनको लागि सदनमा कुरा उठाइरहेकाले क्रमिक रुपमा सबै ठाउँका जनताका आधारभुत आवश्यकतालाई पूरा गर्दै जाने बताउनुभयो ।

जनभेटघाट कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्धन बुढा, ५ नम्बरका वडा अध्यक्ष शान्तबहादुर बिक, वडा सदस्य भर्दी थापा लगायत नेपाल कम्युनिस्ट पाटी नेकपा निकट स्थानीय नेता कार्यकर्ताको उपस्थिति थियो ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.