गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रहरीलार्इ यौनकर्मीसँग जोडेर लगाए यस्तो आरोप हेर्नुहोस् (भिडियोसहित)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजले पचाउन नसक्ने मुद्दा उठाएर यतिबेला निकै चर्चामा आएका छन् । मुख्यमन्त्रीले हाम्रो समाजमा यौनको व्यवस्थापन नहुँदा पारिवारिक विखण्ड बढेको तर्क गरेका छन् । गुरुङले एक औपचारिक कार्यक्रममा नै पोखरामा रेडलाइट एरिया तोक्ने र यौन व्यवसायको लागि लाइसेन्स बाँड्ने तयारीमा लागेको बताएपछि त्यसको समर्थन र विरोधमा सबै तिर बहस चर्किएको छ ।

धेरैले ठानेका थिए मुख्यमन्त्रीले मजाकमा यस्तो कुरा गरेका होलान् । तर उनी रेडलाइट एरिया तोक्ने वषयमा सोचिबिचारी अगाडि बढेको कुरा यो भिडियो संवादमा बताएका छन् ।

गुरुङ संवादमा भन्छन्-मैले वेश्वृत्तिलाई व्यवस्थित गर्न एउटा कानुन निर्माण गरौँ भन्दा चाँहि के नराम्रो भो । कतिले मलाई यो मुख्यमन्त्रीले त समाजमा विखण्डन ल्याउने कुरा गर्यो पनि भने ।पोखरामा र नेपालभरि नै यो वेश्यावृत्ति जुन ढङ्गले भइरहेको छ र यसले समाजमा जुन प्रकारको विकृति ल्याइरहेको छ, त्यसको अन्त्य गर्ने र त्यसलाई व्यवस्थित गर्ने कुरा मैले गरेको हो । त्यसका लागि रेड लाइट एरिया तोक्नु उचित हुन्छ ।

जसरी विभिन्न ठाउँमा लुकीछिपी यौन व्यवसाय चलिरहेको छ र यौनकर्मीहरु छन्, उनीहरुले पनि सास्ती खेपिरहेका उनको तर्क छ । मुख्यमन्त्रीका अनुसार हाम्रो समाजमा यौनको व्यवस्थापन नहुँदा पारिवारिक विखण्ड बढेको हो । जस्तै श्रीमान बाहिर भयो भने श्रीमतीले यहाँ व्यभिचार गर्ने, श्रीमती बाहिर छन् भने श्रीमानले व्यभिचार गर्ने। त्यसैले रेडलाइट एरिया तोकियो भने यौन पेशालाई व्यवस्थित गर्न सकिन्छ र समाजमा अपराध कम हुन्छ । यौनकर्मी र आपत्तिजनक अवस्थामा भटिएका जोडीबाट प्रशासन र सुरक्षा निकायका मानिसहरुले पैसा खाने गरेका उनले दावी गरे ।

जसरी यौन व्यवसाय चलिरहेको छ र यौनकर्मीहरु छन्, उनीहरुले पनि सास्ती खेपिरहेका उनको तर्क छ । यौनकर्मी र आपत्तिजनक अवस्थामा भटिएका जोडीबाट प्रशासन र सुरक्षा निकायका मानिसहरुले पैसा खाने गरेका उनले दावी गरे ।

भन्छन-च्याप्प समायो लग्यो। रङ्गेहात समात्यौं भन्यो पैसा खायो । होटलवालाको पनि बेइज्जती, त्यहाँ काम गर्नेको पनि बेइज्जती, पक्राउ पर्ने पुरुषको पनि बेइज्जती, महिलाको पनि बेइज्जती। त्यस्तै पर्यो भने अर्काकी श्रीमती परिरहेकी हुन्छिन्। त्यसपछि घर परिवार सबै विखण्डन हुने भयो। अनि जत्ति भन्यो त्यत्ति पैसा दिएर उनीहरु निस्किन्छन्।

यो अहिले दैनिकजसो भइरहेकै कुरा हो ।यस्तो विकृति भइराख्नु भन्दा यसलाई व्यवस्थित गरौं भनेको हो मैले। यो सबै ढोङ छोडौं र यसलाई व्यवस्थित गरौं। र, सभ्य समाजतिर लागौं भनेको हो मैले। त्यसकारण यो विषयमा छलफल गरौं। मुख्यमन्त्री गुरुङले डिसी नेपालसँग गरेको संवादमा यौन व्यवसायको पक्षमा कुरा गरेका थिए।

प्रहरी स्रोतका अनुसार मुख्यमन्त्री गुरुङले विना प्रमाण प्रहरीमाथि पैसा लिने गरेको आरोप लगाएका छन्। जसले प्रहरी संगठनकै साखमा धक्का पुगेको छ।

त्यस्तै मुख्यमन्त्री गुरुङको यस्तो अभिब्यक्तिलार्इ प्रमुख प्रतिपक्षी दलले विरोध गर्दै जावफ मागेको छ। प्रमुख प्रतिपक्षी दलका सांसद विरोध खतिवडाले विहीबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा उनले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले यौन व्यवसायलार्इ कानुनी मान्यता दिएर राजश्व उठाउने र प्रदेश सरकार चलाउने सोच बनाएका छन्, यसमा केन्द्र सरकारको कस्तो दृष्टिकोण छ भनी प्रश्न गरेका थिए। उनले यस विषयमा सरकारले तत्काल जावफ दिनुपर्नु औल्याएका थिए।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.