गगन थापाले संसदमा सभामुख महरालार्इ प्रश्न गर्दै गृहमन्त्रीलाई के भने ?

प्रतिनिधि सभाको शनिबारको बैठकमा नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन कुमार थापाले गृहमन्त्री रामबहादुर थापाको कार्यक्षमता कमजोर रहेको आरोप लगाएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद थापाले गृहमन्त्री थापाको कार्य शैलीको बिरोध गर्दै उनको कार्यक्षमता कमजोर रहेको आरोप लगाएका हुन् ।

गृहमन्त्रीको ‘कार्य क्षमता र सोचमा नै बादल लागेको आरोप लगाउँदै थापाले पछिल्ला केहि घटनामा उनले लिएका निर्णयले काम गर्ने क्षमता नभएको देखाएको दाबी गरे । सांसद थापाले कञ्चनपुरकी बालिका बलात्कारपछि हत्याको घटनामा संलग्न अपराधीलाई पक्राउ गर्नुको साटो आफ्नै संयन्त्रहरू जोगाउन लागिरहेको आरोप लगाए । उनले ग्लानी बोध नहुने गृहमन्त्रीको बादलको क्षमता र सोचमै बादल लागेको आरोप लगाए ।

‘युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ’, थापाले भने, ‘सोच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’

गृहमन्त्री बादलले ठूलो माछा पक्रन सक्नुभएन हामी बोलेनौं, कामचोर व्यवसायीलाई कानून नै नबनाइ पक्रनुभयो आफैं छोड्नुभयो हामी बोलेनौं । डाक्टर भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं ।

लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौं’, सांसद थापाले भने, ‘हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठीकै हो क्षमतामा केही बादल लागेको मात्रै हो। तर हिजो हामी जब बोल्यौं गृहमन्त्रीजी पनि बोल्नुभयो। सभामुख महोदय क्षमता र सोचमै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.