क्रान्तिकारी पत्रकार सङ्गठनले गर्‍यो दुई अराजक सदस्यलाई कारबाही

दाङ ः नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठनका दुईजनालाई सङ्गठनको साधारण सदस्य नै नरहने गरी उक्त सङ्गठनको दाङ जिल्ला समितिले निष्कासित गरेको छ ।

उक्त सङ्गठनकी केन्द्रीय कोषाध्यक्ष एवम् जिल्ला अध्यक्ष जानकी दहितले बिहीबार प्रेस नोट जारी गर्दै दाङ जिल्लाका उपाध्यक्ष सन्तोष गुप्ता र कोषाध्यक्ष विदुर एमसीलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको जानकारी दिएकी हुन् ।

केन्द्रीय कोषाध्यक्ष दहितले ती दुईजनाले सङ्गठनको नीति, विधि, पद्धति र अनुशासनविपरीत चल्नुका साथै सङ्गठनका नाममा आर्थिक हिनामिना गरेको बताएकी छिन् ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.