क्रान्तिकारी पत्रकार संगठनको समानान्तर समिति बनाउनेलाई नेकपाद्वारा पार्टीबाट निष्काशन गर्ने कार्य तीब्र

पार्टी र संगठनको हित बिपरित काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफु निकट भनिएका पत्रकारहरुलाई कारबाही गर्दै पार्टी र संगठनबाट निष्कासन गर्ने कार्यलाई तिब्रता दिएको छ l पार्टीले अघि सारेको प्रकाश डुम्रे नेतृत्वको क्रान्तिकारी संगठनकाबिरुद्ध समानान्तर समिति घोषणा गर्ने पत्रकारहरुलाई नेकपाले कारबाही गर्दै पार्टी र संगठनबाट निष्कासन गरिरहेको छ l

नेकपाले क्रान्तिकारी पत्रकार संगठनको समानान्तर समिति निर्माण गरी नेतृत्व गर्ने सल्यानका डिल्लीराज रावतलाई  पार्टीको साधारण समेत नरहने गरी पार्टीबाट निष्काशन गएको छ l त्यस्तै राउतको समानान्तर समितिमा कोशाध्यक्ष पदमा रहेका मकवानपुरका तिलक अधिकारी र केन्द्रीय सदस्य मकवानपुरकै रुपा गुरुङलाई पनि नेकपा मकवानपुरले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ l

क्रान्तिकारी पत्रकार संगठनको सोही समानान्तर समितिमा रहेका  उपाध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम  भुसाललाई पनि नेकपाले पार्टी र संगठन हित बिपरित काम गरेको भन्दै पार्टीले कारवाही स्वरूप पार्टीको साधारण सदस्य समेत नरहने गरी  पार्टीबाट निष्काशन गरेको छ l

नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको नाममा स्वघोषित अध्यक्ष बनेका सल्यानका पत्रकार डिल्लीराज रावतलाई पार्टी र संगठनको निर्णयविरुद्ध अराजक गतिविधि गरेको ठहर गर्दै नेकपा राप्ती ब्यूरो र सल्यान जिल्ला पार्टीले निष्कासन गरेर साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

नेकपा सल्यान जिल्ला सेक्रेटरी लोकपाल के.सी.ले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा प्रकाश डुम्रेको नेतृत्व चयन गरी वैधानिकता दिइसकेको अवस्थामा पार्टी र संगठनको निर्णयलाई तिलाञ्जली दिँदै आफ्नो नेतृत्वमा संगठन पुनर्गठन गरेको भ्रम फैलाएको भन्दै रावतलाई जिल्ला सदस्य र राप्ती ब्यूरोबाट पार्टीको कुनै तहमा नरहने गरी निष्कासन गरेको जानकारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको मकवानपुर जिल्ला कमिटीले जिल्ला सदस्य तिलक अधिकारी र रुपा गुरुङसहित तीन जनालाई निस्कासन गरेर साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालको मकवानपुर जिल्ला सचिव राज सापकोटालाई पनि निस्कासन कारवाही गरेको छ नेकपा मकवानपुर जिल्ला सेक्रेटरी अनुरागले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिकारी, गुरुङ र सापकोटाले पार्टीको निर्णयविरुद्ध अराजक गतिविधि गरेको र पार्टीको पत्रकारहरुको पेशागत आधिकारिक संगठन प्रकाश डुम्रेको अध्यक्षमा गठित क्रान्तिकारी पत्रकार संगठन, नेपालको विरुद्धमा चलाइएको गुटबन्दीमा सहभागी भई पार्टी निर्णयविरुद्ध हर्कत गरेको ठहरसहित निष्कासन गरेर कारवाही गरेको जानकारी दिएका छन् ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.