क्यारेबियन लिगमा फेरि सन्दिपले लिए पहिलो ओभरमै मेडन विकेट

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा पहिलो ओभरमै विकेट लिएका छन्। सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रङ्बागो नाइट राइडर्सको दोस्रो विकेट लिने क्रममा सन्दिपले ३.४ ओमरमा अष्ट्रेलियाका क्रिश लेनलाई बोल्ड गरेका हुन्।

चौथो ओभरको बलिङ लिएर आएका सन्दिपले १ विकेट लिनुका साथै कुनै पनि रन दिएनन्। यस्तै आठौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दिपले ३ रन खर्चिएका छन्। यो सँगै उनले २ ओभर बलिङ गर्दै १ विकेट लिएर ३ रन खर्चिएका हुन्।

आइतबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको प्याट्रियट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो।उसका लागि डेभोन थोमसले सर्वाधिक ५८ रन बनाए। यस्तै १५ बलमा बिस्फोटक पारी खेल्दै ४१ रन बनाएका कार्लोस ब्राथवेटले टिमको इनिङ्स उकासेका थिए।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.