को बन्दैछ कानुनमन्त्री ? सम्भावितमा तीन जनाको चर्चा…

 

तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीन जनाको नाम चर्चामा छ । नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्बाङको नाम चर्चामा छ ।

तीन जनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्बाङ तीनै जना प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्बाङ पाँचथरबाट निर्वाचित भएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.