केन्द्रीय मन्त्रीमाथि जागिर दिने बाहनामा बलात्कार गरेको आरोप

नयाँ दिल्ली । भारत सरकारको रेल राज्यमन्त्री राजेन गोहाईमाथि एक महिलाले रेलवे विभागमा जागिर दिने बहानामा बलात्कारगरेको आरोप लगाएकी छिन् ।

उनले मन्त्री गोहाईविरुद्ध असामको नगाव थानामा उजुरी दर्ता गराएकी हुन् ।

नगाव जिल्लाका प्रहरी अधिकारी शंकर रायमेधीले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘एक महिलाले केन्द्रीय रेल राज्यमन्त्रीबिरुद्ध यौनशोषणको उजुरी दर्ता गराएकी छिन् । हामीले उक्त उजुरी दर्ता गरेका छौँ । ती महिलाले आफूसँगै बहिनीको नाम पनि पीडिताको रुपमा उल्लेख गरेकी छिन् ।

प्रहरीले केन्द्रीय मन्त्रीबिरुद्ध आइपीसीको आधार ४१७ (धोखाधडी), ३७६ (बलात्कार) र ५०६ (आपराधिक धम्की) अनुरुप यो मामिला दर्ता गरेकी हुन् । जानकारी अनुसार एफआआर गत १ अगस्तामा दर्ता गरिएको थियो तर यसबारे ९ दिनपछि मात्र खुलासा भएको हो ।

ब्ल्याकमेलिङको आरोप
उजुरीकर्ता महिलाले मिडियाकर्मीहरुसमक्ष आफूसँग एउटा यस्तो अडियो रेकर्डिङ भएको दाबी गरेकी छिन् जसमा मन्त्रीले उनलाई नराम्रो व्यवहार गरेका छन् ।

प्रहरीका एक अन्य अधिकारीले मन्त्रीका छोराले पनि ती महिलाबिरुद्ध आफ्नो परिवारसँग ब्ल्याकमेलिङको आरोप दर्ता गरेका छन् ।

ती महिलामाथि उजुरी फिर्ता दिन पनि दबाब दिइएको समाचारहरु पनि आएका छन् ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता गोहाई सन् १९९९ बाट नगाव लोकसभा सिटका सांसद रहँदै आएका छन् ।

शनिबार यसबारे बयान दिँदै उनले यो आफूमाथि राजनीतिक षड्यन्त्र भएको दाबी गरे ।

‘मामिलाको जाँच भइरहेको । ईश्वर मसँग छन् । समयसँगै सत्यता बाहिर आउनेछ र कोही सही को गलत भन्ने छुट्टिनेछ,’ उनले भने ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.