किन ‘लुकाउन’ थालिए मन्त्रिपरिषदका निर्णय ?

 

मन्त्रिपरिषदमा भएका निर्णय पछिल्लो समय ‘अडकलेर मात्र’ सार्वजनिक गर्न थालिएको छ । मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधि मन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् ।

तर, कहिले आधा त कहिले सार्वजनिक गर्दा फाइदा हुने निर्णय मात्र भन्ने अनि बाँकी सबै लुकाउने गर्न थालिएको छ । खासगरी, आलोचना हुन सक्ने निर्णयबारे सरकारका प्रवक्ता मौन रहने गरेका छन् । नियुक्ति तथा सरकारले बाँड्ने खर्चजस्ता विषयको निर्णय बताउने गरिएको छैन ।

मन्त्रिपरिषदले भारत र मलेसियामा राजदूत सिफारिसको निर्णय गत सोमबार गरेको कुरा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरे । तर, न्युयोर्कका लागि स्थायी प्रतिनिधि र यूएईमा राजदूत पनि सिफारिस गरिएको बारे उनले केही नबताएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.