काभ्रेमा बस दुर्घटना २८ जना यात्रु घाइते

विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा बिहिबार बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन्। भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर

तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए। खड्काका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा ४० जना सवार रहेका प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको

अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाईते लक्ष्मी तामाङका अनुसार गाडी पहिला नै सडकमा पल्टीन लागेको र पछि नरोकीकन उतापट्टि लगेर तल खसेपछि पल्टेको बताउनु भयो । अस्पतालमा उपचारको लागि लगिएपछि दुई घण्टा वितिसक्दा समेत समयमा नै

उपचार नपाएको भन्दै स्थानीय बासिन्दाले आक्रोस ब्यतm गरेका छन्। घाइतेहरु ल्याएको दुई घण्टा वितिसक्यो, अझै पनि उपचार गरिरहेको छैन। स्थानीय बासिन्दा डोरनाथ गौतमले भने ‘विरामीहरु अस्पतालको अध्याँरो कोठामा त्यतिकै राखिराखेका छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.