कानूनमन्त्री शेरबहादुर तामाङले रुँदै पदबाट राजीनामा दिए (हेर्नुस भिडियो)

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि कानूनमन्त्री शेरबहादुर तामाङले एक पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

पत्नी उषाकला राईसँगै उपस्थित भएका उनले अघि भने, ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले सुनाए । ‘जे विषयमा निरन्तर लागिरहेको हु्न्छ, त्यही विषयले लखेट्ने दिन पनि आउँदो रहेछ’ उनले भने ‘अरु कसैलाई यस्तो नपरोस् ।’

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए ।

मन्त्री तामाङले मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा तयार भइसकेको उनले जानकारी गराए । ‘मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून अगाडि बढेको छ । यो क्याविनेटको बाटो हुँदै संसदबाट पारित हुन्छ’ उनले भने ‘यी कानुनहरु असोज २ गते मध्यरातसम्म पारित हुन्छ ।’

माफी मागे तर, जोगिएन पद

विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।

तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.