कहाँ अड्क्यो नेकपामा तल्ला कमिटीहरुको समायोजना ?

 

दुई पूर्वपार्टीको सांगठनिक शक्तिको ‘सम्मानजनक’ समायोजन हुने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तल्ला कमिटीको एकीकरण टुंगो लगाइने भएको छ ।

प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण भदौ पहिलो साताभित्र टुंग्याउने गरी अधिकांश कार्यदलले दस्तावेज, समायोजन हुने संख्या र नाम समेत करिव–करिव टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ ।

सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन निर्देशन दिइए पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । उनीहरूले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्ने भएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.