कर्मचारी ‘नेता’ द्वारा मन्त्रालयभित्रै उपसचिवमाथि हातपात !

 

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

अफू निकटका केही कर्मचारीको सरुवाको सूची लिएर भण्डारी आइतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेको र त्यसै विषयमा कुरा नमिल्दा उनी उपसचिवमाथि हातपातमा उत्रिएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.