कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीद्धारा सबै पदाधिकारीहरुको राजिनामा माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले गत विहीबारको घटनाको तत्काल छानवीन गर्न सरकारसंग जोरदार माग गरेका छन् । उनीहरुले घटना घटाउन प्रतिष्ठानका सबै पदाधिकारीहरुको प्रत्यक्ष अप्रत्यक्ष सम्लग्नता रहेको आरोप लगाउँदै राजिनामाको माग गरेका हुन

। कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानका कर्मचारीहरुले साउन ३ को घटनामा विद्यार्थीलाई परिचालन गरी अस्पताल हाताभित्र मुख्यमन्त्री लगायत सरकारका प्रतिनिधिहरुलाई समेत प्रवेशमा रोक लगाई बाताबरण उत्तेजित बनाइ झडपको स्थिति सृजना गरी कर्मचारी विद्यार्थी र

भौतिक संरचनाको क्षति गराइउन प्रतिष्ठानका सबै पदाधिकारीहरुले महत्वपुर्ण भुमिका खेलेको आरोप लगाएका छन् । कर्मचारीहरुका अनुसार सामुहिक राजिनामा भन्ने खबर समेत पदाधिकारीहरु सबैले मिलेर चलाएको र यसमा कुनै सत्यता नरहेको समेत कर्मचारीहरुले सबैलाई जानकारी दिएको छन । प्रतिष्ठानमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै जटिल हुँदै गएको र

उपचारका लागि आवश्यक पर्न सक्ने उपकरणहरु समेत नभएको भन्दै मेडिकल टिमले रिपोर्ट सार्वजनिक गरेपछि सरकारी टोलीले गत ३ साउनमा उनलाई काठमाडौँ ल्याएको थियो । त्यसअघि डा केसीलाई लैजान नदिन भन्दै अवरोध सिर्जना भएपछि प्रहरीले प्रतिष्ठानमा बल प्रयोग गरेको हो । सो क्रममा विद्यार्थी नर्स, चिकित्सक, कर्मचारी साथै प्रहरीसमेत घाइते भएका छन ।

डा त्यसबेला डा केसीको स्वास्थ्य अवस्था एकदमै विग्रिएको र यहाँ उपचार गर्न सकिदैन भनेर मेडिकल रिपोर्ट निकाल्ने तर सोही रिपोर्टको आधारमा रेस्क्यु गर्न आएको टोलीलाई काठमाडौँ लैजान नदिने भन्दै ढुंगामुडा गराउने काम हुँदा झडपको स्थिति पैदा भएको कर्मचारीहरुले बताएका छन । कर्मचारीहरुले सो काम प्रतिष्ठानका सबै पदाधिकारीहरुको मिलेमतोमा भएको समेत दावी गरेको छन ।

भिसि वाग्ले उपकुलपति नबन्दासम्म डाक्टर केसीका हरेक अनशनमा सहयोगीको भूमिकामा रहन्थ्य । रजिष्टार काफ्ले गगन थापाका नजिकका पात्रका रुपमा परिचित छन । सबै पदाधिकारी मिलेर जुम्लामा अस्पतालमा आन्दोलन भटकाउने खोजेको भन्दै कर्मचारीहरुले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको राजिनामा माग गरेका छन

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.