कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीद्धारा रजिष्टार सहित सबैको राजिनामा माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले गत विहीबारको घटनाको तत्काल छानवीन गर्न सरकारसंग जोरदार माग गरेका छन् । उनीहरुले घटना घटाउन प्रतिष्ठानका सबै पदाधिकारीहरुको प्रत्यक्ष अप्रत्यक्ष सम्लग्नता रहेको आरोप लगाउँदै राजिनामाको माग गरेका हुन

। प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले आइतबार जारी गरेको बिज्ञप्तिमामा साउन ३ को घटनामा विद्यार्थीलाई परिचालन गरी अस्पताल हाताभित्र मुख्यमन्त्री लगायत सरकारका प्रतिनिधिहरुलाई समेत प्रवेशमा रोक लगाई बाताबरण

उत्तेजित बनाइ झडपको स्थिति सृजना गरी कर्मचारी विद्यार्थी र भौतिक संरचनाको क्षति गराइउन प्रतिष्ठानका रजिष्टार बिश्वराज काफ्लेले महत्वपुर्ण भुमिका खेलेको भन्ने उल्लेख छ ।

समाजले जारी गरेको बिज्ञप्तिमा कर्मचारीको सामुहिक राजिनामा भन्ने खबर समेत रजिष्टार काफ्लेले चलाएको र यसमा कुनै सत्यता नरहेको समेत सबैलाई जानकारी दिएको छ । प्रतिष्ठानमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै जटिल हुँदै गएको र

उपचारका लागि आवश्यक पर्न सक्ने उपकरणहरु समेत नभएको भन्दै मेडिकल टिमले रिपोर्ट सार्वजनिक गरेपछि सरकारी टोलीले गत ३ साउनमा उनलाई काठमाडौँ ल्याएको थियो । त्यसअघि डा केसीलाई लैजान नदिन भन्दै अवरोध सिर्जना भएपछि प्रहरीले प्रतिष्ठानमा बल प्रयोग गरेको हो । सो क्रममा विद्यार्थी नर्स, चिकित्सक, कर्मचारी साथै प्रहरीसमेत घाइते भएका छन ।

समाजले डा त्यसबेला डा केसीको स्वास्थ्य अवस्था एकदमै विग्रिएको र यहाँ उपचार गर्न सकिदैन भनेर मेडिकल रिपोर्ट निकाल्ने तर सोही रिपोर्टको आधारमा रेस्क्यु गर्न आएको टोलीलाई काठमाडौँ लैजान नदिने भन्दै ढुंगामुडा गराउने काम हुँदा झडपको स्थिति पैदा भएको स्पष्टसँग बिज्ञप्तिमा भनेको छ । उसले सो काम प्रतिष्ठानका रजिष्टार बिश्वराज काफ्रले र अन्य पदाधिकारीहरुले गरेको समेत दावी गरेको छ ।

कसकसको मागिएको छ राजिनामा

प्रतिष्ठानका रजिष्टार तथा गगन थापाका खास पात्र काफ्लेले उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई फसाएका छन । भिसि वाग्ले उपकुलपति नबन्दासम्म डाक्टर केसीका हरेक अनशनमा सहयोगीको भूमिकामा रहन्थ्य ।

रजिष्टार काफ्ले निकै बाठो बन्दै केहि दिन अगाडि काठमाण्डौ आएर केहि मन्त्रीहरुसँग बसेको फोटो फेसबुकमा सार्वानिक गरेक थिए । जुम्लामा भिसि वाग्लेलाई फसाए र काठमाण्डौ आएका रजिष्टार काफ्ले जुम्लाका प्रदेश सभाका सांसद तथा हालका आन्तरिक मामिला

मन्त्री नरेश भण्डारीसमेतलाई फसाउने योजनामा भएको खुल्न आएको छ । नेपाली कागे्रशका नेता गगन थापाको आर्शिबादमा धेरै कुरा सच्याउन लगाए र रजिष्टार भएका काफ्ले

काठमाण्डौमा बसेर योजना बनाउने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई धोस्त बनाउने योजना बनाउदै गरेको प्रतिष्ठानमा कार्यरत एक कर्मचारीले बताएका छन ।

आफु जुम्लाको स्थानिय र गगन थापा र नरेश भण्डारीको मान्छे हु भन्दै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई धम्काउदै आएको एक पदाधिकारीले हामीलाई जानकारी दिएका छन्

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.