ओलीलाई राजीनामा गराउन ६२ सांसदको गोप्य भेला, सामूहिक राजीनमा दिने सहमति

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यशैलीबाट आजित भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सांसदहरुलाई आफ्नो पक्षमा बनाउन लबिङ थालेको गोप्य रहस्य बाहिरिएको छ ।

पूर्वएमाले पृष्ठभूमि भएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र पृष्ठभूमि भएका पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुलाई आआफ्नो पक्षमा ल्याउन लविङ थालेका हुन् । नेपाल र प्रचण्डलाई काउन्टर दिँदै ओली समूहले पनि आफ्ना सांसदहरुलाई नजिक राख्ने प्रयास गरिरहेका छन् ।

नेपाल समूहले दुई दिन अगाडि काठमाडौंमा स्थायी समितिका सदस्यहरुको भेला बेलाएर ओलीविरुद्ध फायर खोलेको छ । नेपालको कदमलाई वामदेव गौतमसहितका ठूला नेताहरुले साथ दिएका छन् ।

नेकपाभित्रको विवाद बढ्दै जाँदा पूर्वएमाले पृष्ठभूमि भएका ४३ जना सांसद र पूर्वमाओवादी केन्द्र पृष्ठभूमि भएका १९ जना सांसदहरुको गोप्य भेला राजधानी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव दिनका लागि गोप्य भेला भएको छ ।

ओलीले सहज रुपमा प्रधानमन्त्री पदबाट राजीनामा नदिए सामूहिक रुपमा राजीनामा दिएर दवाव दिने योजना ६२ जना सांसदहरुले बनाएका छन् । उनीहरुले ओलीलाई दवाव दिनका लागि हस्ताक्षर अभियान पनि चलाउने तयारी गरेका छन् ।

यदि यस्तै अवस्था रह्यो भने मध्यावधी निर्वाचनसम्मको चर्चा चल्न थालेको छ । सत्ताको खेलामा कांग्रेस भने बाहिर बसेको छ । यस विषयमा नेपाली कांग्रेसले रुचि देखाएको छैन ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.